|
9,000 SHARES |
काठमाडौं । धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच मंगलबार साँझ झडप भएको छ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली का एसपी नरेन्द्र चन्द का अनुसार स्थिति तनावग्रस्त बनेपछि हवाइ फायर गर्नुपरेको हो।
झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन्। घाइते हुनेमा असई ऋसई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेका छन्। उनीहरूको सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार होली खेलेर बसेका व्यक्तिहरूले मदिरा सेवन गरेका अवस्थामा विवाद बढ्दै झडप भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










