कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा शव फेला



820 SHARES

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो।

विज्ञापन

प्रहरीका अनुसार मृतकको पहिचान, आगलागीको कारण तथा घटनाको प्रकृतिबारे तत्काल केही खुल्न सकेको छैन। घटनास्थलमा मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा प्राविधिक परीक्षणसहित आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको र थप विवरण अनुसन्धानको निष्कर्ष आएपछि सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय