तराईका जिल्लामा आज होली मनाइँदै



9,000 SHARES

झापा । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व धूमधामका साथ मनाउन लागिएको हो ।

आज नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, झापा जिल्ला, मोरङ जिल्ला, सुनसरी जिल्ला, सप्तरी जिल्ला, सिराहा जिल्ला, उदयपुर जिल्ला, धनुषा जिल्ला, महोत्तरी जिल्ला, सर्लाही जिल्ला, रौतहट जिल्ला, बारा जिल्ला, पर्सा जिल्ला, रुपन्देही जिल्ला, कपिलवस्तु जिल्ला, दाङ जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, कैलाली जिल्ला र कञ्चनपुर जिल्लालगायत जिल्लामा होली मनाइँदैछ ।

विज्ञापन

मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । सबै प्रकारका भेदभावलाई भष्म गर्दै परस्परमा रङ हालेर उल्लास साटासाट गर्ने पर्वका रूपमा होलीलाई लिइन्छ ।

विज्ञापन

पण्डित त्रिलोचन भुर्तेलका अनुसार होली समानता र सद्भावको प्रेरणादायी पर्व हो । “असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,” उनले बताए । धार्मिक महत्त्वसँगै सामाजिक सद्भाव र उमंग बढाउन होलीको विशेष भूमिका रहेको उनको भनाइ छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका कथासँग जोडिएर फागु, फगुवा, होली, होरी आदि नामबाट मनाइँदै आएको उल्लेख छ । ढोल, डम्फु र मृदङ्ग बजाउँदै नाचगान, खानपिन र मनोरञ्जनका साथ मनोमालिन्य त्याग्ने परम्परा यस पर्वको विशेषता हो ।

पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयले होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । प्रहरी उपरीक्षक युवराज खड्काले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिए ।

उनले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, केमिकलयुक्त रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र कुनै आपराधिक गतिविधि थाहा पाए तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय