|
731 SHARES |
झापा । झापामा चालु धानबाली सिजनअन्तर्गत हालसम्म ६२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार साउन ४ गतेसम्म जिल्लामा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो।
गत वर्षको तुलनामा यस वर्ष पनि रोपाइँको गति लगभग उस्तै रहेको उनले बताए।
झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो।










