झापा । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ३ हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।










