धादिङ बस दुर्घटनाा ज्यान गुमाएका १९ जनाकै पहिचान खुल्यो



9,000 SHARES

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमबार राति भएको दुर्घटनामा तीन विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको हो।

आइतबार बेलुका पोखराबाट काठमाडौँतर्फ छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट तल खसेर त्रिशूली नदी किनारमा पुगेको थियो। दुर्घटनामा एक–एक जना बेलायती, भारतीय र चिनियाँ नागरिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

विज्ञापन

दुर्घटनामा २५ जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार १४ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
15

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय