झापामा ४७ औषधि पसलको अनुगमन, अनियमितता भेटिएपछि चार पसल सिल



951 SHARES

झापा । औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा झापाका चार वटा औषधि पसल सिल गरेका छन्।

दिनसम्म सञ्चालन गरिएको अनुगमन अभियानमा भद्रपुर, बिर्तामोड, कचनकबल र दमक क्षेत्रका ४७ वटा औषधि पसलको निरीक्षण गरिएको थियो।

विज्ञापन

अनुगमनपछि भद्रपुरको श्रृजना फार्मेसी, चन्द्रगढीको निदान आयुर्वेद मेडिकल, कचनकबलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक सिल गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए।

विज्ञापन

उनका अनुसार श्रृजना फार्मेसीले एउटै इजाजतपत्रबाट दुई वटा पसल सञ्चालन गरेको, निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र प्रस्तुत गर्न नसकेको, अमिला मेडिकल हलले व्यवसायीको अनुपस्थितिमा फार्मेसी सञ्चालन गरेको तथा पसल दर्ता नवीकरणको म्याद गत वर्ष नै सकिएको, र सापकोटा हेल्थ क्लिनिकले दर्ताबिनै फार्मेसी सञ्चालन गरेको पाइएपछि सिल गरिएको हो।

यस्तै, प्रादेशिक अस्पताल भद्रपुरअगाडि रहेका भद्रपुर मेडिकल हल र खरेल फार्मेसी अनुगमनका क्रममा बन्द भेटिएकाले दुवैलाई औषधि व्यवस्था विभागमा उपस्थित हुन पत्राचार गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय