घैलाडुब्बामा धानको दुईवटा कुन्यूमा आगजनी, २५ कट्ठाको धान नष्ट



1,022 SHARES

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात समूहले धानको दुईवटा कुन्यूमा आगजनी गर्दा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ ।

घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको २५ कट्ठा जग्गामा ४८ वर्षीय महबुब आलमले लगाएको धानको कुन्यूमा गएराति आगजनी भएको हो ।

राति भएको घटनाबारे प्रहरीले आज बिहान ८ बजे मात्र जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवैवटा कुन्यू पूर्णरूपमा जलिसकेका थिए भने आगोसमेत निभिसकेको थियो ।

विज्ञापन

आगलागीबाट धान र पराल गरी अन्दाजी १ लाख ५१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

धानको कुन्यूमा कसले र किन आगजनी गरेको हो भन्ने खुलेको छैन । घटनाबारे इलाका प्रहरी कार्यालय घैलाडुब्बाले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय