मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत



917 SHARES

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो।

मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा आवश्यक बहुमत प्राप्त नहुने अवस्था देखिएपछि पदबाट राजीनामा घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए।

विज्ञापन

यसैबीच, नयाँ मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले नै कार्यभार सञ्चालन गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय