काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा



907 SHARES

काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। शनिबार भएको रोमाञ्चक प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिमसम्म जितका लागि प्रयास गरे पनि काठमाडौं लक्ष्य भेट्टाउन असफल भयो। सुदूरपश्चिमले ७ रनको जित निकाल्दै प्रतियोगिताको प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो।

लिग चरणका सातवटै खेल खेलेको सुदूरपश्चिमले पाँच खेलमा जित र दुई खेलमा हार बेहोर्दै १० अंक जोडेको छ। यस जितसँगै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

विज्ञापन

यता, महत्वपूर्ण खेलमा पराजित भएपछि काठमाडौं गोर्खाज अंकतालिकाको तेस्रो स्थानमा झरेको छ। सुदूरपश्चिमले प्लेअफ यात्रा सुनिश्चित गर्दा काठमाडौंलाई भने शीर्ष स्थानमा पुग्ने सम्भावना कायम राख्न कठिन भएको छ।

सुदूरपश्चिमको जितले एनपीएलको प्लेअफ समीकरण थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय