देवकोटाको जन्मजयन्तीमा चार स्रष्टा तथा प्रतिभा सम्मानित



905 SHARES

अर्जुनधारा । ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर झापाको अर्जुनधारामा साहित्य, कला, पत्रकारिता र खेलकुद क्षेत्रका चार प्रतिभालाई सम्मान गरिएको छ।

ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा–८ को आयोजनामा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित जन्मजयन्ती मनाइएको हो।

संस्थाका अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नरेन्द्र तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

विज्ञापन

कार्यक्रममा साहित्यतर्फ भक्त खपाङ्गी, पत्रकारितातर्फ एपीवान टेलिभिजनका झापा संवाददाता विष्णुकुल श्रेष्ठ, अभिनयकलातर्फ सृष्टि आचार्य र खेलकुदतर्फ फुटबल खेलाडी कमल प्रधानलाई नगदसहित सम्मान गरिएको थियो।

जन्मजयन्ती समारोहमा साहित्यिक रचनासमेत प्रस्तुत गरिएको थियो। साहित्यकार लोकनाथ पौड्याल र चित्रा पौड्यालले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए। त्यसैगरी साहित्यकार टंक काफ्ले विकल्पले कविता, सिन्धु निरौलाले गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा हस्त परियार, हरिप्रसाद काफ्ले, आकृति विष्ट र प्रसुन गुरागाईंले गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

यसैबीच साहित्यकार भक्त खपाङ्गीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तथा साहित्यिक योगदानबारे प्रकाश पारेका थिए। साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको नेतृत्वमा सामूहिक देउसी–भैलोसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय