|
865 SHARES |
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
कार्कीको रिट केही बेरअघि सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिएका छन्।
सरकारको निर्णयविरुद्ध कार्की बिहीबार सर्वोच्च अदालत पुगेका थिए। तर, रिटको अध्ययन गर्नुपर्ने भन्दै सर्वोच्च प्रशासनले तत्काल दर्ता गरेको थिएन।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाउँदै डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी दिएको छ। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
कार्की मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्रसमेत नबुझी सरकारको निर्णयविरुद्ध न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।
अब उनको रिटमाथि सर्वोच्च अदालतले गर्ने सुनुवाइलाई चासोका साथ हेरिएको छ।









