|
883 SHARES |
झापा । झापाको दमकमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ८९ हजार ७१० रुपैयाँ नगद, १५ थान कौडा र एक थान मोबाइल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्य चौकी छेउको पुरानो गोठमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
कात्तिक २४ गते राति करिब ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त गोठमा तलासी गर्दा जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खेल्न प्रयोग गरिएको १५ थान कौडा, हारजितका लागि राखिएको ८९ हजार ७१० रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका १० जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।









