|
9,000 SHARES |
बिर्तामोड। पहिचानवादी संस्था तथा संगठनहरूले आफ्ना एजेन्डामा प्रतिबद्धता नजनाउने उम्मेदवारविरुद्ध ‘नो भोट’ अभियान सुरु गरेका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत मुक्कुम्लुङ, केबलकार निर्माण र कोशी प्रदेश नामाकरणको विषयमा स्पष्ट प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारविरुद्ध मतदान नगर्ने अभियान सुरु गरिएको जानकारी दिइएको हो।
मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति र प्रदेश १ पुनः नामाङ्कन अभियान समिति ले संयुक्त रूपमा ‘सेभ मुक्कुम्लुङ, नो केबल कार, नो कोशी’ नारासहित अभियान अघि बढाएको जनाएका छन्।
उनीहरूले आफ्नो संस्कृति र सभ्यतासँग जोडिएको मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण हुन नहुने, तथा कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग राख्दै दलहरूलाई सार्वजनिक प्रतिबद्धता जनाउन अपिल गरेका छन्।
१४ बुँदे माग सार्वजनिक गर्दै संस्थाहरूले ‘पार्टी र जातिभन्दा माथि उठौँ, हाम्रो एजेन्डा स्वीकार्ने, अडिग र कार्यान्वयन गर्ने उम्मेदवारलाई जिताऔँ’ भन्ने आह्वान गरेका छन्।
पत्रकार सम्मेलनमा वक्ताहरूले आफ्नो एजेन्डामा स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र मत दिन र अन्यथा मतदान नै नगर्न आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता धनबहादुर पंधाक ले भने, “हामी सबैको साझा धरोहर तथा संस्कृतिको केन्द्र मुक्कुम्लुङमा केबलकार बन्नु हुँदैन। प्रदेश १ लाई पहिचानका आधारमा नामाकरण गर्नुपर्छ भन्ने हाम्रो पुरानो माग हो। जुन उम्मेदवारले यसमा प्रतिबद्धता जनाउनुहुन्छ र कार्यान्वयनमा लैजाने घोषणा गर्नुहुन्छ, उहाँलाई भोट हालौँ भन्ने हाम्रो अपिल हो।”
कार्यक्रममा किराँत याक्थुम्चुम्लुङ का केन्द्रीय महासचिव तथा मुक्कुम्लुङ बचाउ संघर्ष समिति सदस्य निरन्ती तुम्बापो, सञ्जुहाङ पालुङ्वा, देशु वनेम लगायतले धारणा राखेका थिए।
मुक्कुम्लुङ बचाउ संघर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रम किराँत याक्थुम्चुम्लुङ झापाकी सचिव भिममाया नेम्बाङले सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा फोनिजका संस्थापक प्रदेश इन्चार्ज दिपिन राई, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिके बेघा, त्रिनारायण राजवंशी, मानवअधिकारवादी नेता प्रेम घिसिङ, पहिचानवादी नेता जेबी जबेगुलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस्तो छ अपिल :












