राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ



689 SHARES

काठमाडौं । सामाजिक सञ्जाल तथा युट्युबमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले केसीलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरसम्बन्धी मुद्दामा एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

विज्ञापन

प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध अनर्गल प्रचार तथा अफवाह फैलाएको आरोप छ।

विज्ञापन

घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय