|
9,000 SHARES |
विर्तामोड । अहिले इन्टरनेटको जमानामा युट्युब एप नभएको स्मार्टफोन सायदै नहोला । यो युट्युब नामको सामाजिक सञ्जाल यसरी फैलियो कि पछिल्लो १ दशकमा त्यसको लेखाजोखा नै छैन । विश्वका ठुलाठुला सञ्चारमाध्यमहरु देखि चर्चित व्यक्तिहरु समेत यसमा जोडिएका छन् भने परम्परागत सञ्चारमाध्यमहरु टिभी, रेडियो, पत्रपत्रिकाहरु समेत यसैमा समाहित हुन लागिसकेको अवस्था छ । अहिलेको समयमा इन्टरनेटमा खोजी गरिनेमा गुगल पछाडि युट्युब नै पर्दछ, संयोगवश यि दुवै गुगलको स्वामित्वको कम्पनीहरु हुन् ।
पेपल नामको अमेरिकी कम्पनीबाट जागिर छोडेका ३ जना व्यक्तिहरु स्टेभ चेन, चाड हर्ली र जावेद करिमले एउटा भिडियो साझा गर्ने उद्धेश्यले सन २००५ फेब्रुअरी १४ मा युट्युब स्थापना गर्दछन । उनीहरुले सन २००६ अक्टोबरमा गुगललाई १.६५ अरब अमेरिकी डलरमा बिक्री गर्दछन् । त्यसपश्चात गुगलले विभिन्न परिमार्जन गर्दै आजको समयमा सर्वप्रिय सञ्जालको रुपमा विकास गरेको छ । [1]
युट्युब गुगलले खरिद गर्न अगाडि सन २००५ अक्टोबरमा यसका पेपलका पुर्व कर्मचारी रहेका संस्थापकहरुले सस्क्राइब भन्ने बटन प्रयोगकर्ताहरुमाझ प्रस्तुत गर्दछन् र यसको विशेषता चाहि प्रयोगकर्ताहरुले मनपरेको च्यानलबाट प्रकाशित हुने भिडियोहरुको सुचना पाउनु थियो । यहि सस्क्राइब बटन च्यानलहरुको प्रसिद्धिको मापन बनिरहेको छ । अब यहाँ विश्वमा सबै भन्दा बढि सस्क्राइब गरिएका २५ वटा च्यानलहरुको बारेमा तथ्य तस्विरहरु प्रस्तुत गर्दछौ । उक्त फोटोहरुमा च्यानलको सस्क्राइबर संख्या, भिडियाे संख्या, जम्मा भ्युज, क्षेत्र, अवधि (उमेर) साथै च्यानलको लिंक समेत दिइएको छ, फोटोमा क्लिक गरेपछि उक्त च्यानल खुल्नेछ । जसमध्ये ११ वटा च्यानल चाहि छिमेकी राष्ट्र भारतबाट प्रशारित हुने रहेको छ । [2]
- MrBeast

- T-Series
- Cocomelon – Nursery Rhymes

- SET India
- Kids Diana Show

- Vlad and Niki

- Like Nastya

- PewDiePie

- Zee Music

- WWE

- Goldmines

- Sony SAB

- Blackpink

- ChuChu TV Nursery Rhymes & Kids Songs

- Stokes Twins

- Zee TV

- 5-Minute Crafts

- BANGTANTV

- Pinkfong

- Colors TV

- Hybe Labels

- Justin Bieber

- T-Series Bhakti Sagar

- Shemaroo Filmi Gaane

- Tips Official













