कविता : एउटा आँधिको आभास -मुनराज शेर्मा



9,000 SHARES

सभ्यताको आङभरी थुपृएर फोहोर रोकिएको छ सास
भर्खरै त हो सय वर्षको धोत्रो रुखबाट थुरहरु खसेको
एउटा आँधिको जरुरत छ
मक्किएको हाँगाहरु उडाइ लान टाढा
नत्र ती यात्रामा बाधा बन्नेछन्
बुढो भएरै नयाँ टुसाहरु समेत
पुरानो अनुहारमा उमृरहेछन्
पतकर बनेका बिचारको जङ्गल सिनित्तै बढार्न
एउटा भयङकर आँधिको जरुरत छ
रुखमा टाँसिएको काउछो उखेलेर उडाउन

परावैजनी किरणले बाँच्नु मुस्किल छ
घाम पुछ्न सकिन्न रापले एउटा आँधिको जरुरत छ
एउटा पानीको निर्झर वर्षा जरुरत छ
बगाई लान उखर्माउलो रापहरु पखाल्न घामको
किन मायालु बादल ओडेर उभिदैन घाम
कोहि पसिनाको बगैंचा छेउ ताप्दैन घाम
एउटा निर्भिक आँधिको जरुरत छ

विज्ञापन

भर्खरै हो माटोको सुरुङबाट दुम्सिहरु काँडा झिकेर उभिएका छन्
त्यो प्रचण्ड घामको तारो हान्न मुन्धुमी लयको
गाइरहेछन् साकेला पहाडै पहाड
एउटा अनवरत आँधिको जरुरत छ
सिएर पृथ्वीलाई समनताको धागोले
ए माटोको फेजिरी फेदाङमाहरु

विज्ञापन

सारा पृथ्वीलाई ढाँटको च्यादर ओडाएर रमाइरहेको यो साँझमा
एउटा नरम मखमली पछ्यौरा लिएर आउँन
एउटा अनवरत आँधिको नितान्त जरुरत छ
म पर्खिरहेछु त्यो आँधिको जो भर्खरै गर्जन सहित उठेको छ
एक वेगवान निडर आँधी
जसले च्यातेर उडाई लैजावोस् मै भित्रको रछ्यान समेत
लुछिएर बाँकी भैजाउँ म आफै
आगोमा खारिएको एक कोइला
बस!
भैरहेको छ
एउटा आँधिको आभास

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय