सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बड्यो



9,000 SHARES

बिर्तामोड । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउमा केही वृद्धि देखिएको छ। बिहीबारको तुलनामा प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो।

विज्ञापन

त्यसैगरी आज एक तोला चाँदीको मोल पाँच हजार ७४० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको पाँच हजार ७२५ रुपैयाँभन्दा केही बढी हो।

विज्ञापन

गत बुधबार एक तोला छापावाल सुनको मूल्य पनि तीन लाख १४ हजार ९०० रुपैयाँ नै थियो भने चाँदी पाँच हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुन तीन लाख १३ हजार ५०० रुपैयाँ र चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको तथ्यांक छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा सोही परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय