प्रेमिल कविताको उत्कृष्ट कृति ‘अन्तिम कुमारी रात’



9,000 SHARES

सम्भवत कविहरु नै यो देशको बिन्दास चिन्तक हुन्। ऊनीहरु प्रकृतिको निशुल्क सौदर्य गाउँछन् बिचार बाँढछन् मनमौजी साशक विरुद्ध बोल्छन् सत्ताको अहम झार्न मरिहत्ते गर्छन्  यहिँ कारण मृत्यू समेत स्वीकार्छन् । प्रेमको अनन्त राजमार्ग बनाउछन्। म प्रेमको निसर्त पुजारी भन्छन् प्रेमको आकाश बनाएर प्रेमको दर्शन निर्माण गर्छन्। प्रेममा असम्भव निषेध भन्छन् । त्यसरी प्रेमको नृत्यमय कविता लेख्ने एक किव लीला अनमोल ।

झापामा रहेर काव्यमा रमाउने लीला अनमोल जान्दा चिन्दादेखि नै रेडियो कर्मी हुन् । मीठो आवाजकी धनी लीला गायन नृत्यमा रुचि राखेपनि रेडियो जक्किको रुपमा स्थापित भइन् जब कन्चनजङ्घा रेडियोले झापाबाट शब्दहरू तरङ्गित गर्दै नेपाली भाषी बसोबास गर्ने भारत नेपालको पूर्वोत्तर क्षेत्रमा चिनायो। कृष्ण धरावासीको साथमा हाम्रो साहित्य कन्चनजङ्घा एफएममा प्रसारित भएपछि उनी अझ धेरै साहित्यिक श्रोता कवि लेखकमाझ परिचित भइन्। झापा, इलाम, पान्थर, धरान, इटहरी बिराटनगरमा हुने साहित्यिक जमघटले नै अरुलाई जस्तै लीलालाई कवि बन्न हजार भोल्टको काव्यिक शक्ति सामर्थ्य जुटेको हो।

विज्ञापन

झापा मन्थन भोक कविता आन्दोलन भेटघाट चौतारी साहित्य चौतारी जस्ता संस्थाहरुनै धेरै कवि लेखक उत्पादन गर्ने झापाको पुरानो उत्प्रेरक उत्तोलक हुन् जहाँ साप्ताहिक भेला भएर कविता वाचन र समिक्षा हुन्थ्यो। एउटा कविता सुनाउन दमक, इटहरी, बर्ने, इलाम, फिक्कल, भद्रपुर, काँकरभिट्टा, बाहुन्डाँगीबाट कविहरु आउँथे। त्यो समय काव्यमा समय बिताउने कविहरु भिटा प्लटिङमा पसेनन् सिमाना वरपर सामान ओसारपसारमा सलग्न भएनन् गोलिया ठेक्दार बनेनन् अक्षरको खेती गरेर अक्षर सोंचेर हिडेँ कविता गजल गीत गोडेर बाँचे मानिसहरूमा प्रित बाँडेर बाँचे। बिचारको बिउ रोप्दै उमार्दै बिचारको इन्द्रेणी अवतरण गरेर विचारमा रमाए।

विज्ञापन

त्यही बेला पान्थर झापा दार्जीलिङमा कविताको गहिराई खोज्दै काइँलाहरुले आयाम लेखे त्यो पछि लिला भयो। अरु थुप्रैले पान्थर, इलाम, भोजपुरबाट सिर्जनशिल अराजकता, उत्तरवर्ती सोंच, रङ्गवाद, फरक आयाम, कुकुर कविता पहिचानको लेखन आदि लेखनहरु स्थापित गराए।

आज यी सब लेखन बीचमा कविता हिडिरहेको छ। भेटघाट चौतारी सर्जक मन्च हुँदै नेपाल लिटरेरी ग्रुप किरात मुन्धुम प्रतिष्ठानसम्म आइपुग्न कविताको नदिमा बहेरै आइपुगेको हो।

विश्वको प्रथम प्रेम कविता सुमेरियन आजको आधुनिक इराक इरान सभ्यताको सु-सिन सम्राटसँग पुजारनीदुलहीले आफ्नो विवाहमा लेखेको प्रेम कवितालाई मानिन्छ जुन कवितामा माटोको स्वच्छता उर्वरताको बयानलाई गाएर वाचन गरिन्थ्यो। उक्त कविता २०३० बिसि पूर्वको करिब ४०५६ वर्ष पुरानो मानिन्छ। त्यसरी नै द फर्स्ट लब भनेर २०० वर्ष पुरानो कविताहरु भ्यालेन्टाइन प्रेम दिवसमा सम्झिने जोन क्लेयरको कवितालाई लिइन्छ।

प्रेमलाई लिएर कथिएका हाम्रो पालाम सङ्गिनी घाटु सोरठी मारुनी आदि कैयौं लोक गायनहरु प्रेम कविताको आदिम पूर्ण रुप हुन् । नेपाली साहित्यको विभिन्न मोडमा अमर प्रेम गीत कविता स्लोक आख्यान काव्य महाकाव्य नाटक निर्माण भएका छन् । यो संसार नै प्रेमको एक सिङ्गो रुप हो।

अन्तिम कुमारी रात लीलाको तेस्रो कृति हो। यस कृतिभित्र जम्मा ६४ कविता सङ्ग्रहित छ। विसङ्गत राजनीति र जनतामा वितृष्णा भएपनि गाउँ फर्किन गरेको आव्हान नारीमा आमाको योगदान रुपान्तरित आमामा नारीको पीडासमेत रुपान्तरण वाल्य जीवन  प्रेमको महानता असीमित आनन्द प्रेमको सहर्ष स्वीकार प्रेम निर्विकल्प सत्य नै प्रमुख सार हो लीलाको कविताको थिम।

अन्तिम कुमारी रात आफैमा एउटा कविता हो जुन कविताले काव्य कृतिको नामाकरण गर्छ । पाठकले बुझ्न खोज्छ कसरी रात कुमारी हुन्छ र त्यो अन्तिम हुन्छ। सनसनीपूर्ण जिज्ञासा जन्माउने शिर्षक हो यो नाम जुन कवितामा एक महिलाको वैवाहिक जीवन सुरु भएर पतिको घर प्रवेश गरेको मिलनको समयलाई साङ्केतिक काव्यिक रूपमा कविले प्रस्तुत गरेको देखिन्छ।

यो दुनियाँले श्रीमती कुमारी चाहने अमुक मान्यतामा गहिरो व्यङ्ग्य गर्छ, साथै परम्परित वैवाहिक जीवन सुमधुर राख्नेहरु प्रति परम्पराको सांस्कृतिक भारी बोकेर हिड्न घुमाउरो सन्देश दिन्छ। महिलाहरू विवाहपछि पतिको घर जाने पक्षनै वास्तवमै एक स्वतन्त्र कुमारी जीवन अरुलाई प्रेम गरेर बन्धनमा रुपान्तरित हुने त्यो स्वतन्त्र जीवनको अन्तिम रात हो जो सारिरिक भौतिक चैतन्य निर्णायक हरेक एकल पक्षबाट अन्तिम हो त्यो रात अब बन्धनको रातको सुरुवात हो। कसैलाई बिधिवत रूपमा पति मानेर सम्बन्धमा बसेको नितान्त फरक यात्राको दैनिकी उद्घाटन भएको समय हो। यसमा एक युवतिको स्वच्छन्द जीवनको अन्त्य हो। त्यसैले अन्तिम कुमारी रात हो कविको आफ्नो धारणा छ।

सृष्टिले प्रकृतिले प्राप्त भौतिक शरीरमा उत्पन्न यौवनको वैधानिक प्रयोग हार्मोनको उत्सर्ग मिलन बिन्दुबाट प्रजननको अग्रसरतामा आफुलाई होम्नु समेत त्यो रातको सुरुवातलाई काव्यार्थमा कविले यो शिर्षक निर्माण गरेको अर्को पक्ष हो।जीवन सुन्दर प्रेमिल बन्न जीवनको नविनतम अनुभवहरु भोग्न अरु एकको मिलनमा एक हुँदै अघि बढ्ने सुन्दर बिहान भेट्न कविले त्यो मिलनको रात कुमारीत्व छोडेको मिलन आराम सुख प्राप्त गर्न नयाँ दिन नयाँ अकुमारी रात प्राप्त गरेको समय लेखेका छन् कविले। जसरी आफुलाई मेटामोर्फोसिसको रुपान्तरितको अवस्थामा त्यो बिन्दु अघिको समयको चक्रहरुले छोडेर लगेको नयाँ चक्रहरुले घेरेर लगेको झुसिल किराबाट कोकनमा छिरेर पुतली हुन कोकन छोडेको त्यो रात हो ।त्यो उडानको बिहानबाट आफू अत्यन्त खुसी भएको विहङ्गम अनुभव छ कविमा जसरी कोपिलामा छिरेको फुलको पत्रहरु सुगन्धसहित खिलखिलाउछ फूलमा मोहकका साथ।भन्न सक्छन् नि आलोचकहरुले त्यो दिन त्यो रात त्यत्ति महान मान्नु पर्ने किन र रु त्यो आलोचनालाई छोडेर कविले समाजको त्यो असिम आत्मालाई स्विकार्दै अघि बढेर यो सभ्यताको स्वीकार गरेको देखिन्छ। कि अस्विकार गर नयाँ बाटो बनाउ कि स्वीकार गर र गतिलाई गतिमान बनाउ। भर्जिनिटी वास्तवमै विज्ञानले भन्छ साइकल सवारले नै हाइमन विच्छेदन हुन्छ जुन जोड्न सकिन्छ यो एक सामन्य जैविक प्रकृया हो। सांस्कृतिक अन्ध ज्ञानको अगुल्टो मात्र बाधक हो जसले पुरुषलाई अन्तिम कुमार भनेर खोज्दैन।

देश प्रति कवि देशलाई सबै जाति भाषाको सम्पूर्णतामा प्राप्ती गर्नुपर्ने धारणा छ तथापि जातिय आधारमा देश नटुक्रीयोस भन्ने चाहना राख्तै कतै देश भकुण्डो बन्ने होइन भन्ने गहिरो चिन्ताको साथ अलमल पनि छ। देशमा विद्यमान जनान्दोलन मार्क्सवादी धारा विपिवाद तमाम राजनैतिक बिचार अन्त्यमा भनेजसरी जनता र देशको निर्माणमा काम गर्न चुकेको ठम्याइ छ। लोकतान्त्रिक व्यवस्थाको असल व्यवस्थापन हुन नसकेको प्रति नेतृत्व र पार्टिप्रति रोष छ कविको जो हरेकसँग छ।हरेकको क्रोधलाई कविले भनिरहेको छ त्यसैले कवि जनताको हो। जनताको बिचारमा विविधता छ कविको समेत निश्चित धारणा नआएर बहु धारणा पोखेको देखिन्छ।तर आफ्नो सहि मत आउनु कविताको शक्ति हुनजान्छ।

कोरोना कालमा भौतिक दुरिले आमा र बच्चा वा आफन्तसँग छुट्टिनु पर्ने नियमनको भावनात्मक पक्षको मार्मिक उद्घाटन छ कवितामा । नारीवादी धारणामा महिलालाई घरधन्दामा अल्मलाउनु मात्रै यौनदासी बनाइनु यौनको गलत प्रयोग महिलामाथि हुनु स्त्री भ्रुणहत्या गरेर गर्भमै नारीप्रति अत्याचार निर्माण गर्नु जस्ता प्रतिरोधी बैचारिकि समेत कविताले बोल्छ। पुरुष सत्ताले निर्बन्ध शोषण गरेपछि नारीहरु कति शोषित छन् एउटा अध्याँरो चित्र छ कवितामा । त्यसैले आगोमा हिड्ने सन्तान जन्माउछु भन्छ कवि।

वाल्यपनमा फर्केर कविले दाजुभाई र आफुले पाउने स्वच्छन्द खेलको समयलाई दाँजेर हेरेको छ छोरीहरु एउटा नियन्त्रण जस्तो अनुशासनमा हुर्केर अरुको हातमा जीवन सुम्पिने चङ्गा हो भनिएको छ। चङ्गा कविता बिचार बनोट लयात्मकता निरन्तर बहाव करुणा सावधानी बिम्ब शिर्षक सबैबाट एक उत्कृष्ट  कविता हो लीलाको। अहिलेसम्मकै केटिहरुले पाउने स्वतन्त्रता मात्रै ढोङ हो धोका हो कविको मत छ।

हरेकसँग बाल्यकाल हुन्छ अनवरत स्मृतिहरु छन् फरक यति हो कविले गीतमा भन्छ स्मृतिहरु जो अमुल्य छन् ।

आमा कवितामा आमाको सहस्र योगदान सम्झदा सम्झदै आफै आमा भएको यथार्थमा पुगेर टुङ्गिएको कवितामा कवि आकाश भैगएको काखमा तारा बोकेर हिंड्न जानेको निकै गजब लाग्छ। जीवनमा आमाको संघर्ष देखेको आज आफै आमामा रुपान्तरण भएर त्यो बेथा झेल्नु छ आमाले, दुस्ख नारी  र आमा पर्यायवाची रहेछ। अरुको विवाह हेरेको कवि आफै बेहुली बनेर आफ्नो जन्म घर छोड्दाको पीडा कति दर्दनाक करुणाले भरिएको हुन्छ त्यो कविताले बोल्छ। महिलाको जिन्दगी दुस्ख त्यागले भरिएको एक संघर्ष हो ।

कान्छाहरु जेठाहरु सब गाउँ रित्तो पारेर सहर पसे सहरबाट विदेश उडे कवि आफ्नो गाउँमा इलम गर गाउँ फिर गाउँमा जति प्रेम मानवता हृदय कहिँ छैन भन्ने देश भक्तिको चिन्तनले गाउँ फर्कनु पर्ने सकारात्मक धारणा राख्छ। सकारात्मक सोचले भरिएको यो कविता देश बनाउन गाउँ गुल्जार गर्न अति शक्तिले पूर्ण कविता हो। कवि बिरोधको पर्याय हो भन्नेहरूलाई यो कविताले एक पल्ट सोच्न बाध्य गराउछ।

तिमी नभएको भए यो धर्ती आकाश रुख बिरुवा सौन्दर्य बिचार भनेर सबै खल्लो लाग्थ्यो बाँच्नुको आनन्द तिमी भएर छ मुन्धुम जस्तो कविता।

प्रेमको सुगन्ध रोप्ने कवि जहिले प्रेमको अमृत पिएर प्रेमदिवस बाँचिरहेको मान्छ भने प्रेममा तड्पिएर अथाह उडिजाने वनचरीझैँ मनको बेचैनिमा कहिले भेटुङ भन्छ। पोखिनु झरी झैँ उत्ताउलिएर प्रेममा एउटा चरम कल्पना छ। प्रेम महान छ प्रेममा सब स्वीकार छ बर्जिती प्रेम नहुने कविको तर्क छ। प्रेममै हो आमा बन्ने सन्तान जन्माउने सन्तान हुर्काउने यो तिरस्कार बाधा अभाव प्रेममै खेलिने एक खेल हो जसलाई जीवन भनिन्छ।प्रेमले नै व्यभिचार सिकाउछ प्रेमले अधिकार दिलाउछ लुलोहरुलाई उठाएर दौडाउछ प्रेम महान चिज हो। कवि प्रेमिको यादमा उडिजाने हावाको झोँका लाग्छ। हुरिमा रुखबाट खसिरहेको पातहरु जस्तो प्रेमको रुझान छ कवितामा। अति वियोगान्त क्षणमा हृदय छेडेर निर्माण भएका शब्दहरुको कोमल शब्दकोष छ कविमा। कविको सास प्रेमले ओहोरदोहोर गर्छ आँखाहरु माया खोजिरहेका हुन्छन् । कोमल स्पर्षमा छामिरहेका छन् कवितामा करुणा शब्दहरूले। यो बिरह कुनै वनचरिको वियोगसँग मेल खाइरहेको हुनसक्छ। स्नेही वचनहरु पानी जसरी बगिरहन्छ हरफहरुमा। प्रेमिको सानिध्यमा पहिरो जसरी झरेर उसैमा सिद्धिने बाचा छ कवितामा। विज्ञान भन्दा कम नभएको प्रेममा बाडुल्की एक जोडिरहने सन्चार हो प्रेम जिवित राख्न भन्छ कवि। प्रेम सफल बनाउन अभावको युद्ध स्विकार्न तयार छ।
विस्वासले जीवन बाँच नदिले बाँचेको जीवन एक विस्वास हो। कविले जीवनलाई यस्तरी ब्यक्ताउँछ। प्रेममा सानो ठुस्काई नै सहि। प्रेम ज्यादा मनले थेग्न सारिरिक सुखमा अडिन्छ। त्यो आत्मिक सुखको रतिरागात्मक स्वीकार हो। त्यो समर्पण हो। कवि वियोगसँग भय राख्छ। मान्छे प्रेमको सम्पन्नता सदा इच्छा गर्छ । बिना प्रयोजनमा समेत प्रेमिको आगमनमा कसरी खुसिको नदि उर्लिन्छ र उसको स्वागतमा फिजाइन्छ मनको जालीरुमाल हृदयको आकाश भरी। प्रेम फकृन आफू उसमा समाहित होइन्छ जसरी माटो घाम हावा मिलेर फुल कोपिलाबाट बास्ना लिएर आउँछ। प्रेममा पीडा मीठो हुने र दुर्घटना घटाएर समर्पित हुने इच्छापत्र छ कविको यो एक वाइल्ड लभ हो जीवनको।

कवि बहादुर प्रेमी हो जो आफ्नो प्रेम ऐलान गर्ने भनेका छन् । यो पाखण्डी दुनियाँलाई म उसलाई प्रेम गर्छु भनेर भन्ने साहास छ कविमा। यो दुनियाँ आफू प्रेम गर्छ र अरुको प्रेमको बहिष्कार गर्छ जो मुना मदन लैला मजनुको प्रेमको उदाहरण दिन्छ। उससँग प्रेममा परेर सहरको हल्ला बनेपछि आफुमा अझ उप्रतिको प्रेम गाढा भएको र विवादित प्रेमको हल्ला पिएर मस्त जिउँने अराजक प्रेमि भएको प्रेम स्वीकार गर्छ कविताले।

कति जीवनको कुरा गर्नु कवि आफ्नो मृत्युको कुरा गर्छन् ।
कन्काई माइमा जल्न पाउ भन्ने मृत्यु इच्छा छ।
मृत्यु जीवनको समाप्ति हो यो देहको विसर्जन सबैले स्विकार्नु एक अनिवार्य तत्व हो।
प्रेम कवितामा बिहङ्गम दृष्टि राख्ने कवि लीला अनमोलको प्रेमिल कविताहरु सदा झस्काउने कविता हुन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय