बिरिङ खोलामा कटानपछि श्रमदानमार्फत तटबन्ध, नदीको धार सोझ्याइयो



684 SHARES

झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा बाढीका कारण भएको कटानपछि श्रमदानमार्फत जोखिम व्यवस्थापन गरिएको छ।

अर्जुनधारा–४ रातेखाल र अर्जुनधारा–५ पानीकल जोड्ने कज्वे बाढीले बगाएपछि बिरिङ खोलाले तीव्र कटान सुरु गरेको थियो। कटानका कारण आसपासका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा परेपछि अर्जुनधारा नगरपालिकाको अगुवाइमा बुधबार श्रमदान गरी नदीको धार सोझ्याउने र तटबन्ध गर्ने काम सम्पन्न गरिएको हो।

विज्ञापन

श्रमदान कार्यक्रममा अरिदमन गण चारआलीका सेनानी इरज खड्काको नेतृत्वमा ३५ जना नेपाली सेना, सशस्त्र प्रहरी निरीक्षक भीष्म सापकोटाको नेतृत्वमा शनिश्चरे सुरक्षा बेस र खुदुनाबारीबाट खटिएको २१ सदस्यीय सशस्त्र प्रहरी टोली, नगर प्रहरी, आरआईटी समूह तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

विज्ञापन

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार कटान नियन्त्रण नगरिएको भए करिब ५०० घरपरिवार र ५०० बिघाभन्दा बढी खेतीयोग्य जमिन उच्च जोखिममा पर्ने अवस्था थियो। त्यसपछि नगरपालिकाको पहलमा स्काभेटर प्रयोग गरी खोलाको बहावलाई बीच भागतर्फ फर्काइएको र तारजालीसहित तटबन्ध निर्माण गरिएको उनले बताए।

उनका अनुसार नगरपालिकाले ५० वटा र स्थानीय जनताको तर्फबाट थप ५० वटा गरी कुल १०० वटा तारजाली प्रयोग गरेर तटबन्ध निर्माण गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलका अनुसार बिरिङ खोलाको तीव्र बहावका कारण भएको कटान नियन्त्रण गर्न अस्थायी बाँध निर्माण गरी नदीको धार परिवर्तन गरिएको छ। साथै करिब १० मिटर क्षेत्रमा ढुङ्गा भरिएका तारजाली ९ग्याबियन० जडान गरी मर्मत तथा संरक्षणको काम सम्पन्न गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय