|
9,000 SHARES |
बिर्तामोड । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी रिहा भएका छन् ।
हिजो राति पक्राउ परेका कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बाका ४४ वर्षीय राजवंशीले पुस २९ गते भाक्का दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारीलाई झापा छोडेर जान धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको थियो ।
साथै, उनले विभिन्न आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापामा भएको वार्तापछि राजवंशीलाई रिहा गरिएको हो ।










