कोशीमा नयाँ सरकार गठनकालागि प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पदमा बस्ने कानुनी हैसियत गुमाएको भन्दै गठबन्धन दल एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनकालागि माग गरेका छन् ।

बुधबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् ।


उनीहरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा २०८० साल आश्विन २७ गते नियुक्त भएका कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेका एमाले र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार अल्पमतमा परेको र विश्वासको मत समेत नलिएकाले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।


९३ सदस्यीय कोशी प्रदेश सभामा कुल ५२ जना सदस्यको समर्थन गुमाएको एमाले र माओवादीको भनाइ छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कानुनी परामर्शपछि उचित निर्णय दिने जनाएका छन्

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय