बिर्तामोड २ सेमिफाइनलमा प्रवेश, विराज एक्लैले गरे ४ गोल

झापा । बिर्तामोड वडा नम्बर १ विरुद्ध ५–१ गोल अन्तरको जित निकाल्दै बिर्तामोड २ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको दोस्रोे क्वाटरफाइनलमा बिर्तामोड १ लाई ५–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड २ सेमिफाइनलमा प्रवेश हो ।

आजको खेलमा बिर्तामोड २ का लागि विराज लिम्बू नायक बने । उनले खेलमा व्यक्तिगत ४ गोल गरे । पहिलो हाफको २१ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको ५१ औं र ५३ औं मिनेटमा लगतार २ गोल गर्दै ह्याट्रीक पुरा गरे ।



बिराजले खेलको ७० औं मिनेटमा टिमका लागि पाचौं तथा व्यक्तिगत चौथो गोल गरेका थिए । विपक्षी टिमको गोल किप्परको कम्जोर प्रदर्शनको फाइदा उठाउदै उनले खेलमा ४ गोल गरेका थिए । बिर्तामोड २ का लागि चौथो गोल भने खगेन राजवंशीले गरे । उनले खेलको ५९ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागी चौंथो गोल गरेका थिए ।

पराजय भोग्दै प्रतियोगिताबाट बाहिरीएको बिर्तामोड १ का लागि दिवस मगरले सान्तवना गोल फर्काएका थिए । उनले निर्धारित ७० मिनेटको खेलको पहिलो हाफको ३० औं मिनेटमा बिर्तामोड २ विरुद्ध १ गोल गरेका थिए ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड १ ले थप ४ गोल खाएको थियो ।

आजको खेलमा टिमका लागि ४ गोल गर्ने विजयी टिमका विराज लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर १ का वडाअध्यक्ष तथा नगर प्रवक्ता अग्नि प्रसाद पाण्डेले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि हुने तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड ४ र बिर्तामोड ८ बिच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
5
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय