बिर्तामोडमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय पुरस्कार

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ता बजारमा अनुगमन गरेको छ । नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा आज खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केहि डेट एक्सपायर पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सन्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केहि थान निम्बु फ्रेसु म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो ।

अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरि आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ । यस्तै गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाईएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ । अनुगमनका क्रममा अधिकांसले नगरमा व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको र मुल्य सूची ठिक ठाउंमा नराखेको फेला परेको थियो । उनीहरुलाई नगरपालिकामा आवश्यक कागजात सहित ३ दिन भित्र हाजिर हुन निर्देशन गरिएको छ । नगर उप प्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिनुभयो ।


जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उहांले सबैलाई आग्रह गर्नु भयो । नगर उप प्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु वेचेको प्रमाण सहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयां पुरस्कार प्रदान गरिने पनि बताउनु भएको छ । बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटा, नगरका राजस्व शाखा प्रमुख पदम घिमिरे , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधि तथा जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
1
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय