बिर्तामोडमा नयाँ मार्केट ‘हाम्रो बजार’ संचालनमा

बिर्तामोड । बिर्तामोडमा नयाँ मार्केट ‘हाम्रो बजार’ संचालनमा आएको छ ।

कृषीथोक संगै रहेको बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएको ‘हाम्रो बजार’को आज उद्घाटन गरिएको छ ।


बिर्तामोड पश्चिम बस स्टेण्डको दक्षिणमा निर्माण भएको बजारको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित बजार निर्माणकर्ताहरु शान्ता शिवाकोटी, पवित्रा खड्का, सरिता खत्रीले उद्घाटन गर्नुभयो ।


करिब ३ कठ्ठा क्षेत्रफलमा फैलिएको बजारमा ४६ वटा सटर रहेको छ । व्यवसायीहरुबाट एक एक लाख रुपैँया धरौटी लिएर बजार निर्माण गरेको र प्रति सटर दुई हजार रुपैँया मासिक भाडा लिने गरी पहिलो चरणमा पाँच बर्षका लागि करार गरिएको बजार व्यवस्थापन गर्नुहुने व्यवसयी सजेश शिवाकोटीले जानकारी दिनुभयो ।

बजारमा जुत्ता चप्पल, कपडा, फलफुल, किराना, होटल आदिको पसल रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
1
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय