२२ वर्षीया स्नेहा ७ दिनदेखि बेपत्ता

काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् ।

चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।


उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् ।

स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ । उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय