बिरिङ खोलाको किनारमा घाइते भेटिएको निलगाईको मृत्यु



1,074 SHARES

झापा। झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा घाइते अवस्थामा फेला परेको पोथी निलगाईको मृत्यु भएको छ।

बिहीबार राति करिब ८ बजे बिरिङ खोलाको किनारमा रहेको बाँसको झ्याङमा अड्किएको अवस्थामा निलगाई फेला परेको थियो। घाइते अवस्थामा निलगाई देखेपछि स्थानीयवासीले तत्काल सबडिभिजन वन कार्यालय सुरुङ्गालाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ वन कार्यालयका कर्मचारीको टोली घटनास्थल पुगेको थियो। टोलीले बाँसको झ्याङमा अड्किएर घाइते भएको निलगाईको उद्धार गरी वन कार्यालयमा ल्याएर राखेको थियो।

विज्ञापन

तर, उद्धार गरी उपचार तथा हेरचाहका लागि राखिएको निलगाईको शुक्रबार बिहान ३ः१५ बजे मृत्यु भएको हो।

मृत निलगाईलाई शुक्रबार बिहान ७ बजे सबडिभिजन वन कार्यालय सुरुङ्गाकै परिसरमा खाल्डो खनेर गाडिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएको छ।

बाँसको झ्याङमा कसरी अड्कियो र घाइते हुने अवस्था कसरी सिर्जना भयो भन्नेबारे भने थप विवरण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय