|
1,067 SHARES |
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन्।
आज बिहान बुद्धशान्ति गाउँपालिका–२ स्थित बिहानी टोलको भित्री सडकमा जंगली हात्तीले मोटरसाइकलमाथि आक्रमण गरेको हो।
बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीको आक्रमणबाट मोटरसाइकल चालक स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन्। उनको छातीमा चोट लागेको छ।
घाइते पौडेललाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको छ।









