चिसापानी गढीमा ईभी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते



946 SHARES

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

विज्ञापन

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान तथा घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय