कविता : झरिमा पेदकको सङ्गीत -मुनराज शेर्मा



714 SHARES

यो वर्षामा निचोरिएर आकाश
माटोको ग्र्याभिटिले छुटेको छ बादलको हात
भिजेको छ पानीले धर्ती
हजारौं फिट उचाईबाट हामफाल्दै
दशौं लाख पटक चुमेर अङकमाल गरेको छ वाफले कणलाई
एक एक थोपा पानी बन्न ईश्वरलाई पनि कति जाँगर लाग्दो हो
हावाले नै प्रेमले ओराल्छ धर्तिमा मुलायम स्पर्श सहित थोपालाई
म थाप्न सक्छु आँखामा समेत थोपालाई प्रेमले
नत्र त यो छेँडेर जान्थ्यो यो ज्यान शत्रुको गोली जस्तो
तरै पनि जतासुकै आमाजस्तै बहेको छ हावा
र प्रेमले बोकेर ओर्लिन्छ थामेर
माटोको छातिमा तेति उचाईबाट थोपा
गुरुत्व एक प्रेम नै हो
जो विरुपन गहिरोतिर तानिने मात्रै भने आइन्स्टाइनले
सिङ्गै अन्तरिक्ष जाल जस्तैमा अड्किएर झुन्डिएको छ भने

तिर्खाले व्याकुल छ होली खोल्सा गह्रा छेउ कुना
भरिएर पानीले बुर्कुसिमा छ मर्जी
सङ्गीत छ तलाउमा हरेक साँझ
मधुरो जुनमा मझौला रुखहरु उभिएको छ
मोति जस्तै थोपा बोकेर पातहरुमा
म मस्त छु नृत्यमा छ सिङ्गै रात
पोखिएको छ उन्मुक्त बनेर गीत
सानो सानो सिमसार खेत खलियान
अचम्म उन्मादमा छ प्रकृति
सक्छन् भाले भ्यागुताहरु पनि गाउँन मधुमासको गीत
छोएर पोथी भ्यागुताको स्वीकारको तरङ्ग
ओहो१ कति मधुर प्रेमको तरङगहरुले घेरिएर बाँचेका रहेछौँ
यति मीठो मधुर हजार सङ्गीत
यो रात एउटा विशाल सङ्गीतको पाठशाला
प्रेममा होलान् उनीहरु मानिसहरू जस्तै
भरिनेछ चेपागाँडाले अब खेतहरु
जसरी खेल्छन् आँगनमा नानीहरू

विज्ञापन

सङ्गीतको मोहको लिसोले थाहा नहुन सक्छ
मन चराचरको हुन्छ जसै भ्यागुताको हुन्छ
बिराजी भएमा
कति पोथिहरु गाईरहेका होलान् भाले जस्तै
छल्न जिद्दी भालेको प्रस्ताव
कति नाटकमा होलान् मृत्यूको
भगाई जान आफुलाई आफ्नै प्रेमिसम्म
कोहि बेस्सरी फनफनी घुमेर स्पर्श छुटाउलान्
आकस्मिक आलिङ्गनको
प्रेम सुम्पन आफ्नै हृदयको पेदकलाई
अस्विकारमा जबर्जस्तिको थानाटोसिस्ट बहादुर पोथिहरु
आक्रमक अत्यचारी भाले पाहा विरुद्ध
जैविक अस्तित्व ज्ञात भएर मान्छे जस्तै लाग्छ
उभयचरको मनोविज्ञान
बोल्ने भए संसारले बुझ्थ्यो छर्लङ्ग जो बुझिरहेकाे छ जीव
विज्ञानले मात्रै

विज्ञापन

म सङ्गीतको खाम्बेकमा हिड्दै छु लट्ठिएर मोहले
यतिखेरै हो नि देखिने सडकको अनुहार देशले
म खाल्डाखुल्डी छल्दै उफृदै चोबलिदै
मस्त मस्त छु सङ्गीतमा औंलाहरु जस्तो
अग्लो घरहरु बीचबाट गुन्जिरहेको छ टाढा टाढा
एक सुमधुर अलौकिक सङ्गीतको गुरुत्व
आफैलाई बिर्सिएर हराएछु
पेदकको सङ्गीतको सुरुङभित्र
सायद भोक बिर्सेर सर्पहरु समेत
मस्त होलान सुनेर भ्यागुताको पालाम

भनिन्छ हामी बीचमा एक अर्को सभ्यता छ
त्यो यहिँ छ
क्वान्टम भन्छ एकले अर्कोलाई थाहै नभै अस्तित्वमा छ
ग्लास सिभिलाइजेसन
याने सिसा भित्र देखिन सक्छ छोइन्दैन
हो म आज सिसाको अनेक सभ्यता भित्र हिडिरहेछु

कुनै हिंस्रक पाङ्ग्राले किचेर मरेछ पेदक भर्खरै
कमिलाहरु लासको छेउमा सर्जमिनमा थिए
मेरो जिब्रो तेसै फड्कारियो
यो उसको प्रेमिका भेट्न जाँदा मारिएछ अनाहकमा
तेसो भए यी सारा पेदकहरु रोइरहेका होलान् उनको स्मृतिसभामा
हिडिरहेकी छोरी रुन्चे स्वरमा बोली

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय