अमेरिका–इरान सम्झौता कार्यान्वयनमा, नौसैनिक नाकाबन्दी हटाइयो



929 SHARES

एजेन्सी । अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया अघि बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार यो कदम चालिएको अमेरिकी प्रशासनले जनाएको छ।


इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्झौताप्रति पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै विभिन्न दबाब र प्रभावमार्फत अमेरिका सम्झौतामा पुगेको दाबी गर्नुभएको छ। उहाँले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ताको सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई शत्रुको अडान स्वीकार गरेको रूपमा नबुझ्न आग्रह गर्नुभएको छ।

विज्ञापन

राष्ट्रपति ट्रम्पले भने खामेनीको अभिव्यक्तिबारे सार्वजनिक प्रतिक्रिया जनाउनुभएको छैन। दुवै देशबीच भएको प्रारम्भिक सम्झौता १४ बुँदामा आधारित रहेको जनाइएको छ। यसमा हर्मुज जलमार्ग खुला राख्ने, इरानले परमाणु हतियार विकास नगर्ने तथा आर्थिक पुनर्निर्माणका लागि विशेष कोष स्थापना गर्ने विषय समेटिएका छन्।

विज्ञापन

दुवै पक्षले ६० दिनभित्र अन्तिम शान्ति सम्झौता टुंग्याउने लक्ष्य लिएका छन्। स्विट्जरल्याण्डमा तय गरिएको औपचारिक हस्ताक्षर समारोह डिजिटल माध्यमबाट सम्झौतामा हस्ताक्षर भएपछि रद्द गरिएको बताइएको छ। यद्यपि थप प्राविधिक वार्ताका लागि दुवै देशका प्रतिनिधिहरू स्विट्जरल्याण्डमा भेट्ने अपेक्षा गरिएको छ।

यसबीच ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ। विशेषगरी इरानको पुनर्निर्माणका लागि ठूलो आर्थिक कोष स्थापना गर्ने प्रावधानप्रति केही रिपब्लिकन नेताहरूले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय