लागूऔषध नियन्त्रणमा प्रहरीसँगै नागरिकको सक्रिय भूमिका आवश्यक : आइजिपी कार्की



710 SHARES

बिर्तामोड । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभएको छ।

झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’ को उद्घाटन कार्यक्रममा बोल्दै आइजिपी कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अगाडि बढाइने स्पष्ट पार्नुभयो।

विज्ञापन

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा लागूऔषध जोखिमका हिसाबले देशकै संवेदनशील जिल्लामध्ये एक रहेको बताउँदै यसको नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

विज्ञापन

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन्।

लागूऔषधको बढ्दो प्रयोग तथा त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरण गर्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह र समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय