ग्लोबल म्याथ डिबेट लिग २०२६ को क्षेत्रीय चरणमा न्यू होप प्रथम 



9,000 SHARES

अर्जुनधारा। अर्जुनधारा–३ स्थित न्यू होप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कूलका विद्यार्थीहरूले ग्लोबल म्याथ डिबेट लिग २०२६ को क्षेत्रीय चरणमा प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयको अल्फा टिमका अर्नभ गौतम (कक्षा पाँच), सिनोरिया रामटेल (कक्षा पाँच) तथा संकल्प अधिकारी (कक्षा छ) सहभागी थिए। उनीहरूको उत्कृष्ट प्रदर्शनले गणितप्रतिको गहिरो बुझाइ, तार्किक क्षमता र आत्मविश्वासलाई उजागर गरेको विद्यालयले जनाएको छ।

विज्ञापन

विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी राष्ट्रिय चरणका लागि सफलताको शुभकामना व्यक्त गरेको छ। यस सफलतामा प्रशिक्षण प्रदान गर्ने शिक्षक आकाश लमिछानेप्रति विद्यालयले विशेष आभार प्रकट गरेको छ। साथै सहयोग गर्ने कर्मचारी तथा अभिभावकवर्गप्रति समेत धन्यवाद व्यक्त गरिएको छ।

विज्ञापन

प्रधानाध्यापक बाल गोपाल गौतमले विद्यार्थीहरूको मेहनत, लगनशीलता र समर्पण प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
4
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय