हिलो र खाल्डाखुल्डीले यात्रा गर्ने कठिन बनेपछि अर्जुनधारा २ का स्थानीयले सडकमै रोपे धान



686 SHARES

झापा । अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण यात्रा गर्नै कठिन बनेपछि झापाको अर्जुनधारा नगरपालिका–२ का स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन्।

अर्जुनधारा–२ को गाँजाबारीस्थित मदनभण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडक बर्खायाम सुरु भएसँगै जीर्ण बनेको स्थानीयको गुनासो छ। सडकभरि हिलो र गहिरा खाल्डाखुल्डी बनेपछि सवारी साधन सञ्चालन र सर्वसाधारणको आवतजावतमा निकै समस्या भएको उनीहरूले बताएका छन्।

विज्ञापन

वर्षौंदेखि सडकको अवस्था सुधार नभएको र पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयले सांकेतिक रूपमा सडकमै धान रोपेर असन्तुष्टि व्यक्त गरेका हुन्।

विज्ञापन

स्थानीयले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न सरकार र सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। उनीहरूले समयमै सडक मर्मत नभए वर्षायामभरि स्थानीयवासी, विद्यार्थी, बिरामी तथा दैनिक यात्रुहरू थप सास्ती खेप्न बाध्य हुने गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय