अर्जुनधाराले पदक विजेता खेलाडीलाई निशूल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने



9,000 SHARES

शनिश्चरे। अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई स्वास्थ्य र शिक्षा निशूल्क प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

नगर परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले खेलाडी (विद्यार्थी)लाई हौसला प्रदान गर्नका लागि स्वास्थ्य र शिक्षामा निशूल्क सुविधा उपलब्ध गराउन लागिएको बताए। उनले विद्यार्थीको वृत्ति विकास, शैक्षिक गुणस्तर र हितका निम्ति नगरपालिकाले अपनत्व लिने उल्लेख गर्दै पदक विजेतालाई स्वास्थ्य र शिक्षामा निशूल्क सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः व्यक्त गरे।

विज्ञापन

विज्ञापन

भर्खरै गौरादहमा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका २२ स्वर्ण पदकसहित च्याम्पियन बनेको थियो। प्रतियोगितामा नगरपालिकाले ५ रजत र १४ कास्य पदक समेत जितेको थियो। यसअघि लगातार तीन पटक च्याम्पियन बन्दै जिल्लास्तरीय शिल्ड आफ्नो पक्षमा पारिसकेको अर्जुनधारा यस वर्ष चौथो पटक च्याम्पियन बनेको हो।

कार्यक्रममा विजेता खेलाडीहरूलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो। साथै च्याम्पियन शिल्ड नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली तथा विभिन्न वडाध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो।

नगरपालिकाको यो निर्णयले खेलकुद क्षेत्रमा सक्रिय विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय