|
9,000 SHARES |
काठमाडौं। नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन्।
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार बास्तोला हाल प्रहरी कस्टडीमा रहेका छन् र घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ। नेकपा बहुमतले प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय छ।










