|
9,000 SHARES |
दमक । GBOले जागृत बाल उद्धार केन्द्र नेपालमा आश्रय लिएर बसिरहेका १७ जना बालबालिकालाई साेमबार स्टेशनरी सामग्री वितरण गरेको छ। कापी, किताब, पेन, पेन्सिललगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
वितरण कार्यक्रम भीम गुरुङ (जीबीओ यूएसएको “Diaspora Partnership and Foreign Affairs” पद) तथा शिला उप्रेती (जीबीओ नेपालका अध्यक्ष) को उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमको उद्देश्य बालबालिकाको शिक्षामा सहयोग पुर्याउनु तथा उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा दिनु रहेको जनाइएको छ। जागृत बाल उद्धार केन्द्र नेपालले जोखिममा परेका बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षा प्रदान गर्दै आएको छ।
जीबीओले यस्ता सामाजिक तथा मानवीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










