झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट



788 SHARES

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले विभिन्न स्थानबाट बरामद गरेका २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ।

चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले अवैध पटाका नियन्त्रण अभियानलाई तीव्र बनाएको हो।

विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका अनधिकृत रूपमा भित्र्याइएका पटाका तथा विस्फोटकजन्य सामग्री सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नं. २ गण झापाले जनाएको छ।

विज्ञापन

पटाका तथा आतिसबाजीको प्रयोगले आगलागी, चोटपटक तथा अन्य अप्रिय घटना निम्त्याउन सक्ने भन्दै सशस्त्र प्रहरीले यसको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको छ।

विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन पटाका तथा आतिसबाजीजन्य सामग्रीको प्रयोग र कारोबार नगर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय