बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए जग्गाधनी पुर्जा



808 SHARES

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन्। समितिका अनुसार पुर्जा प्राप्त गर्ने परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए।

विज्ञापन

वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्। समितिले वितरण गरेको जग्गामध्ये केही आवास तथा केही कृषि प्रयोजनका लागि रहेको जनाएको छ।

विज्ञापन

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारी नीतिअनुसार जग्गाधनी पुर्जा वितरणको काम अघि बढाइएको समितिले जनाएको छ।

समितिका अनुसार भूमि समस्या समाधानअन्तर्गत बाँकी रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई समेत कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय