कविता : चिया चौतारी -भानु ढुङ्गाना



918 SHARES

चिया चौतारीको कचहरीमा
धुवाँसँगै उड्ने अनेक सपनाहरुमा,
कसैले वर्गसंघर्षको गीत गाउँथ्यो,
कसैले नौलो बिहानीको भविष्य देखाउँथ्यो।
सर्बहारा वर्गको नेतृत्व बल्लआयो भन्दै
मार्क्सवादका पानाहरू पल्टाइन्थे,
लेनिनवादका भाषणहरू गुञ्जाइन्थे,
माओका उद्धाहरणहरू देखाइन्थे
चिया चौतारीको तातो कपसँगै
मन–मनमा बाँडिन्थे भए-नभएका कल्पनाहरू।

तर ती सबै
हिमालको काखमा जन्मिएका विचार थिएनन्,
ती त पश्चिमी संसारका किताबभित्र
थन्किएका सिद्धान्तहरु थिए,
जसलाई यहाँका भोक, आँसु र अभावसँग
जबरजस्ती गाँस्न खोजिएको थियो।

विज्ञापन

त्यसैको उक्साहटमा
नौलो जनवादको नारा उठाइयो
रातो झण्डाभित्र
क्रान्तिको आगो बल्न थाल्यो।
आशाका गीत गाउनेहरू
बिस्तारै बन्दुकको भाषामा बोल्न थाले,
विचारको बहस
बारुदको गन्धमा हराउन थाल्यो।

विज्ञापन

माओवाद भाटे कार्यवाहीसँगै
गाउँ–गाउँमा सल्कियो, भय बड्यो,त्रास भयो
निहत्था मानिसहरू
आन्दोलनको नाममा ढल्न थाले,
आफ्नै माटोका छोराहरू
आफ्नै रगतसँग खेल्न थाले।
कसैको घर उजाडियो,
कसैकी आमा सन्तानविहीन भइन्,
कसैको बालापन
गोली र विस्फोटबीच हरायो।
उत्साहले नारीको स्वाभिमान चप्परीमनी गयो।

चिया चौतारीमा बसेर
क्रान्तिको नक्सा कोर्नेहरू
जनताको पीडाभन्दा
सत्ताको सपना ठूलो देख्न थाले।
हो ,यही भित्र तर हामीलाई पनि एउटा आशा थियो-
कुनै उपाय नलागेको बेला
यही सर्वसाधारण वर्ग नेतृत्वबाट
अवश्य पनि न्याय मिल्ला भन्ने आशा थियो
दबाब पुर्‍याइन्छ भन्ने आस्था थियो
हामी आफ्नै मुलुकभित्र पुग्ने छौँ
आफ्नै घर–आँगनमा फर्केर,हुने छौँ
वर–बगैँचाका छहारीमुनि पुग्नेछौँ
खेतीबाली र गाईगोठ सम्हाल्दै,
पुर्खाले आर्जन गरेको
त्यही थातथलोमा
फेरि निर्धक्क बाँच्न पाइएला भन्ने
एउटा वैकल्पिक भरोसा बाँचेको थियो।
तर समयसँगै
त्यो भरोसा पनि खरानीको बादल भयो,
आस्थाका बाटाहरू हराएर गए
जनताको मुक्तिको नाममा
जनताकै सपनाहरू लुटिन थाले।

सीमित घेराभित्र जन्मिएको त्यो राजनीति
देशभरि डढेलोझैँ फैलियो,
पौराणिक सभ्यताको धर्ती, आकाशमा
धुवाँ र चित्कार मात्रै बाँकी रह्यो।
हिमाल रोयो,
पहाड टुक्रियो,
तराईका फाँटहरू डरले मौन भए।
त्यही चिया चौतारीमा
अझै पनि बहस चलिरहेछन्—
कसैले त्यसलाई क्रान्ति भन्छ,
कसैले इतिहासको भूल।
तर समयले देखाइसकेको छ,
मानिसको रगतले लेखिएको परिवर्तन
कहिल्यै उज्यालो बिहानी बन्न सक्दैन।
अब चौतारीलाई
फेरि विचारको युद्ध होइन,
मानवताको शरणस्थल बनाउनु छ।
वात- विवादको जुवारी अबको विषय होइन
विकासको महत्वपूर्ण मूल्य हो।

जहाँ चियाको वाफसँगै
घृणा होइन,
सहअस्तित्वको सुगन्ध उठोस्।
जहाँ नयाँ पुस्ताले
बन्दुक नसम्झिउन् अब
सम्झिनु बन्दुक मानवता होइन,
शान्तिको भाषा, शिक्षाको लहर
आफ्नै देशको गौरव विश्वास पहिचान हो
चिया चौतारी तिम्रो सगौरव कचहरी होइन
मीठो अन्न फलाउन अहोरात्र मेहनत गर्ने किसानलाई
सम्मान गर्ने एउटा नयाँ अवसर आभास हो
विचारको बहस विकासको बाधक हो
काम गर
देशको राष्ट्रिय स्वाभिमानको संरक्षण गर
चिया चौतारी कचहरी गफाडी नबन
गाईको रक्षागर
देशको सुरक्षा गर नेपाली तिम्रो कर्म त्यो हो

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय