सिंहदरबार, सर्वोच्च अदालतसहितका संरचना जलाउने १३ जनाविरुद्ध चुनावको मुखैमा मुद्दा दर्ता



9,000 SHARES

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ले गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न १३ जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालत मा मुद्दा दर्ता गरेको छ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारी का अनुसार आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा विध्वंस गरेको आरोपमा आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।

विज्ञापन

सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रअनुसार उनीहरूले सर्वोच्च अदालतमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख छ।

विज्ञापन

त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा आशीष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरी वृत्त बौद्ध मा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा चलाइएको छ भने प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै सर्वोच्च अदालतले काठमाडौं प्रहरी परिसर मा जाहेरी दिएको थियो। सर्वोच्च प्रशासनको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाई मुद्दा दायर गरेको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ। उनलाई उच्च अदालत पाटन को सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरिसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
12
+1
0
+1
4
+1
17
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय