तेहरान र बेरुतमा इजरायली आक्रमण तीव्र, मृतक ६०० नाघे



9,000 SHARES

तेहरान । इजरायली रक्षा बलले तेहरानबेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध हवाई हमलामा परी इरान र लेबनानमा गरी ज्यान गुमाउनेको संख्या ६०० नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली वायुसेनाले तेहरानस्थित इरानी सरकारी रेडियो तथा टेलिभिजनको मुख्यालयलाई निशाना बनाई ध्वस्त पारेको बताइएको छ। सञ्चार केन्द्रबाट इरानी रिभोलुसनरी गार्ड्सले प्रोपोगान्डा फैलाउने गरेको इजरायलको दाबी छ।

विज्ञापन

यता बेरुतमा पनि आवासीय क्षेत्र र सैन्य ठेगानामा बमबारी जारी रहेको जनाइएको छ। बमबारीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने अस्पताल घाइतेले भरिएका छन्।

विज्ञापन

इरानलाई निःशस्त्र बनाउने ट्रम्पको भनाइ

डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान झण्डै चार हप्तासम्म चल्न सक्ने बताएका छन्। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले तेहरानको क्षेप्यास्त्र क्षमता र आणविक पूर्वाधार पूर्ण रूपमा नष्ट नगरेसम्म अमेरिका पछि नहट्ने प्रतिबद्धता जनाए।

उनले भने, “हामीले इरानबाट आउने खतरालाई सधैँका लागि अन्त्य गर्नुपर्छ, यसका लागि वासिङ्टन जस्तोसुकै कदम चाल्न तयार छ।”

यसैबीच इरानी सैन्य कमान्डरहरूले हर्मुज जलडमरूमध्य भएर जाने कुनै पनि जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०–१३ प्रतिशतसम्म बढिसकेको छ।

संयुक्त राष्ट्रसंघले बढ्दो द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेको छ। दुवै पक्ष पछि हट्ने संकेत नदेखिएकाले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढ्दै गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय