बेलिब्रिज भाँचिँदा अरुण नदीमा ट्रक खस्यो



9,000 SHARES

संखुवासभा। मकालु गाउँपालिका–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमाथि निर्माण गरिएको बेलिब्रिज भाँचिँदा ट्रक नदीमा खसेको छ।

शनिबार बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोडेड ट्रक तार्ने क्रममा पुल गाडी सहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए।

विज्ञापन

पुल भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक अरुण नदी मा खसेको हो। दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्।

विज्ञापन

घाइते श्रेष्ठलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीका लागि निर्माण सामग्री बोकेको लोबेड ट्रक पुल भाँचिएपछि नदीमा खसेको बताइएको छ।

पुल भाँचिएसँगै नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आवतजावत ठप्प हुँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ।

पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय