|
9,000 SHARES |
बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोड लेडिको छैटौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बिर्तामोडमा आयोजित इन्डक्सन तथा इन्स्टलेसन समारोहमा सन् २०२५ की अध्यक्ष इन्दिरा खरेल नेतृत्वको समितिले सन् २०२६ की अध्यक्ष आरती लिम्बु श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो।
कार्यक्रममा निवर्तमान अध्यक्ष खरेलले नव–निर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स चेन हस्तान्तरण गर्नुभएको थियो। प्रमुख अतिथि तथा इन्स्टलिङ अफिसर, Lions Clubs International District 325C का डिस्ट्रीक्ट गभर्नर बबरजंग थापाले ग्याभल हस्तान्तरण गर्दै नयाँ कार्यसमितिको पदस्थापन घोषणा गर्नुभयो।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दुर्गा देवी पौडेल, द्वितीय उपाध्यक्षमा सिस शाह, तृतीय उपाध्यक्षमा संगीता चिमरिया, सचिवमा सीता ढकाल खरेल, कोषाध्यक्षमा दुर्गा देवी खरेल, सह–सचिवमा मुना पौडेल तथा कार्यसमिति सदस्यमा सुनिता उप्रेती, अम्बिका मैनाली र कल्पना बानियाँ चयन हुनुभएको छ।
सदस्यहरूमा उमा शाह, मिल्टु राजभण्डारी, इन्दिरा भण्डारी बिमली, तारा उप्रेती र शान्ति शर्मा रहनुभएको छ।
कार्यक्रममा जुनियर संगठनका रूपमा रहेको Lions Club of Birtamode Lady को सह–संरक्षणमा सञ्चालित लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष रक्षा खरेललाई पनि पदस्थापन गराइएको थियो। लियो क्लबको सन् २०२५ को नेतृत्व दीक्षा कडरियाले गर्नुभएको थियो।

त्यसैगरी, लायन्स क्लब अफ बिर्तामोड लेडीलाई विभिन्न अवस्थामा सहयोग तथा अभिभावकत्व प्रदान गरेको भन्दै Lions Club of Birtamode City का चार्टर्ड प्रेसिडेन्ट निरज ओली र पूर्व अध्यक्ष सत्यनारायण चौधरीलाई सम्मान गरिएको थियो।
समारोहमा डिस्ट्रीक्ट ३२५ सि का सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर रमेश खत्री, क्याबिनेट सेक्रेटरी नेत्र चम्लागाईं, चिफ एडभाइजर उदयनारायण बराल, पीआरओ सत्यनारायण शर्मा, डिस्ट्रीक्ट चिफ मनोज बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै संस्थापक अध्यक्ष उर्मिला बिमली खरेल तथा पूर्व अध्यक्षहरू दुर्गा पाठक थपलिया, नम्रता रिजाल ढकाल र निरु उप्रेतीको समेत सहभागिता रहेको थियो।










