कप्तान सावित्रा भण्डारीद्वारा उपचारका लागि आर्थिक सहयोग अपिल



9,000 SHARES

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले जटिल शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिएकी छन्। यसअघि गरिएको एसीएल (ACL) शल्यक्रियापछि हालिएको ग्राफ्ट र एमसिएल (MCL) दुवैमा पुनः गम्भीर चोट लागेकाले अर्को जटिल शल्यक्रिया आवश्यक भएको उनले बताएकी छन्।

विज्ञापन

उनका अनुसार उपचारका लागि अपेक्षित सहयोग नपाउँदा शल्यक्रिया प्रक्रिया ढिलाइ हुने अवस्था सिर्जना भएको छ। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वबाट वाचा गरिएको सहयोग समेत प्राप्त नभएको गुनासो गरेकी छन्।

विज्ञापन

घुँडाको एसीएल र एमसीएलमा चोट लागेपछि अष्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न न्युजिल्यान्ड गएकी सावित्रा गत सात हप्तादेखि मैदानबाहिर छिन्।

नेपाली महिला फुटबलमा सर्वाधिक प्रभावशाली खेलाडीका रूपमा चिनिने साम्बाको उपचारमा ढिलाइ हुँदा राष्ट्रिय टोलीलाई पनि ठूलो असर पर्ने खेलकुद विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय