कोशी प्रदेशमा उपविजेता बनेको अर्जुनधाराको न्यू होपले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने



9,000 SHARES

झापा । कोशी प्रदेश स्तरीय १४ वर्षमुनिको विद्यालय महिला फुटबल प्रतियोगितामा झापाको अर्जुनधारा नगरपालिका–३ स्थित न्यू होप इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूल उपविजेता बनेको छ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानस्थित एन्फा एकेडेमीमा शुक्रबार सम्पन्न अन्तिम खेलमा धनकुटाको मंगलादेवी माध्यमिक विद्यालयसँग टाईब्रेकरमा पराजित हुँदै न्यू होप सेकेन्डरी स्कूल उपविजेता बनेको हो ।

विज्ञापन

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो। टाईब्रेकरमा मंगलादेवी ३–० गोल अन्तरले विजयी बनेको हो।

विज्ञापन

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रदेश स्तरमा पुगेको न्यू होपले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो।

उपविजेता बनेसँगै न्यू होपले अब राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्ने अवसर पाएको छ। कोशी प्रदेशबाट विजेता र उपविजेताले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
2
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय