गौरमा लगाइएको कर्फ्यू २ घण्टा खुकुलो पारियो



9,000 SHARES

झापा । रौतहटको गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश केही समयका लागि खुकुलो पारेको जनाएको छ।

कार्यालयका अनुसार आइतबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको हो। तर, उक्त अवधिमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

विज्ञापन

शनिबार दिउँसो १ बजेदेखि जारी कर्फ्यू अर्को आदेश नआउँदासम्म लागू रहने जनाइएको छ। कर्फ्यूको क्षेत्र सीमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ।

विज्ञापन

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय