कुटपिट गर्ने पक्राउपछि प्रहरी चौकी बिर्ताबजारमा तोडफोड



9,000 SHARES

बिर्तामोड। कुटपिटको घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि उत्तेजित भीडले प्रहरी चौकी बिर्ताबजारमा तोडफोड गरेको छ।

बिहीबार दिउँसो करिब १ः३० बजे बिर्तामोड–३ स्थित काजी पाटी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईमाथि सामान्य विवादका क्रममा कुटपिट भएको थियो। पाटी प्यालेसका सञ्चालक स्थानीय २९ वर्षीय आकाश खड्का, त्यहीँ कार्यरत ४० वर्षीय कोमल शिवाकोटी र अर्जुनधारा–९ का २७ वर्षीय बिपिन बुढाथोकीले राईलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

विज्ञापन

घटनापछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ताबजारमा राखेको थियो। त्यसको विरोधमा सुजन राई पक्षका करिब ३५–४० जनाको भीड चौकीमा पुगेको थियो। भीडले चौकीको अगाडिको झ्यालको सिसा फुटाएको तथा कम्पाउण्डभित्र रहेको कम्प्युटर टेबलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

विज्ञापन

कुटपिटमा संलग्न तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड मा राखिएको छ। घाइते राईको बीएण्डसी अस्पताल मा उपचार भइरहेको छ।

प्रहरी चौकीमा तोडफोडमा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजतलास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय