पाथिभारा मन्दिरमा लुङ्ता, धार्मिक सहिष्णुताको सुन्दर दृश्य [फोटो फिचर]



902 SHARES

इलाम । इलामको सानो पाथिभारा मन्दिर परिसरमा बौद्ध धर्मसंस्कृतिअनुसारका प्रार्थना ध्वजा (लुङ्ता) ले सजावट गरिएको छ।

नीलो, सेतो, रातो, हरियो र पहेँलो रङका लुङ्तामा बौद्ध मन्त्र तथा प्रार्थना लेखिएका हुन्छन्।

विज्ञापन

बौद्ध परम्परामा हावासँगै यी मन्त्र र प्रार्थना फैलिने तथा विश्व शान्ति, सुख र समृद्धिको कामना पूरा हुने विश्वास गरिन्छ।

हिन्दु र बौद्ध धर्मसंस्कृतिका प्रतीक एउटै धार्मिक परिसरमा देखिनुले धार्मिक तथा सांस्कृतिक विविधता र सहअस्तित्वको सुन्दर पक्षलाई उजागर गरेको छ।

इलामको रोङ गाउँपालिका ३ मा अवस्थित सानो पाथिभारा मन्दीरमा बौद्ध, हिन्दु, किराँत लगायतका सम्प्रदायले साझा आस्थाको रूपमा पूजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय