आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरी मनाइँदै



754 SHARES

झापा । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई बिहानै मीठा–मीठा खानेकुरा दिएर पूजा आराधना गरी यो पर्व मनाउने परम्परा छ।

सूर्योदयकालमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्ने धार्मिक मान्यताअनुसार यस वर्ष शनिबारका दिन यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

धार्मिक मान्यताअनुसार यमराजले पृथ्वी लोकको खबर कागका माध्यमबाट प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा लिने गरिन्छ। यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने विश्वासका साथ आजका दिन कागलाई पूजा गरी मनपर्ने खानेकुरा खान दिने चलन छ।

विज्ञापन

लोकपरम्पराअनुसार काग घरको छत, आँगन वा वरपर आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने गरिन्छ। कागले कुनै खबर लिएर आएको विश्वाससमेत नेपाली समाजमा रहिआएको छ।
काग तिहारसँगै आजबाट विधिवत् रूपमा यमपञ्चक अर्थात् तिहार पर्वको धार्मिक अनुष्ठान सुरु भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय